काठमाडौँ । सरकारले अर्को अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय पठाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।
सरकारले राष्ट्रपति कार्यालयमा जारी गर्नका लागि सिफारिस गरेको यो आठौँ अध्यादेश हो ।
यसअघि पठाएका विभिन्न ७ अध्यादेशमध्ये सहकारी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी भइसकेका छन् ।
बाँकी अध्यादेश भने अध्ययनकै क्रममा रहेको कार्यालयले जनाएको छ ।
.jpg)
