काठमाडौँ । सेफ सन्तोष साह पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चेक अनादर तथा ठगी कसुरमा उनलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर प्रहरीले साहलाई पक्राउ गरेको हो । गए राति महोत्तरीबाट उनलाई पक्राउ गरी आज काठमाडौँ ल्याइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिएका छन् ।
साहमाथि गैरीधारास्थित एक रेष्टुराँ खरिद गर्दा चेक अनादर गरी ठगी गरेको आरोप छ ।
.jpg)
