काठमाडौं । सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने ९९ सदस्यीय केन्द्रीय समितिको निर्वाचन परिणाम सार्वजनिक भएको छ।
निर्वाचन समितिले शुक्रबार अबेर राति अन्तिम मतपरिणाम सार्वजनिक गर्दै राष्ट्रिय खुला, प्रादेशिक तथा समावेशी समूहअन्तर्गत निर्वाचित ९९ जना केन्द्रीय सदस्यको नामावली र उनीहरूले प्राप्त गरेको मत सार्वजनिक गरेको हो।
केन्द्रीय समितिका लागि विभिन्न समूहबाट भएको प्रतिस्पर्धामा निर्वाचित उम्मेदवारहरू अब पार्टीको नयाँ नेतृत्व संरचनाको हिस्सा बनेका छन्।
महाधिवेशनबाट सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भईसकेका छन् । उपसभापति खुल्लामा पनि स्वर्णिम वाग्ले निर्विरोध भईसकेका छन् । उपसभापति लडन् बताएका विराजभक्त श्रेष्ठले आफनो उम्मेदवारी छोडेपछि वाग्ले पनि निर्विरोध निर्वाचित भएका हुन् ।
केन्द्रीय समितिको निर्वाचन पछि रास्वपाले पदाधिकारीको निर्वाचन गर्न लागेको छ । पदाधिकारी चुनाव लड्न केन्द्रीय समिति सदस्य निर्वाचित भएको हुनुपर्ने रास्वपाको विधानको ब्यवस्था छ ।
निर्वाचन समितिका अनुसार सार्वजनिक गरिएको निर्वाचित केन्द्रीय समिति सदस्यको सूचीमा राष्ट्रिय खुला, प्रादेशिक र समावेशी क्लस्टरबाट निर्वाचित उम्मेदवारहरूको नाम र उनीहरूले प्राप्त गरेको मत समावेश गरिएको छ।
निर्वाचित केन्द्रीय सदस्यहरूको नामावली र प्राप्त मत यसप्रकार छ :
.jpg)
