फिफा विश्वकप : माटीनेलीको निर्णायक गोलले ब्राजिल अन्तिम १६ मा  प्रवेश

फिफा विश्वकप : माटीनेलीको निर्णायक गोलले ब्राजिल अन्तिम १६ मा  प्रवेश

images
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौँ ।  फिफा विश्वकप-२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै जित हासिल गरेको छ । अमेरिकाको ह्युस्टन खेल मैदानमा भएको खेलमा ब्राजिलले जापानलाई २-१ गोलअन्तरले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

    पाँच पटकको विश्वकप विजेता ब्राजिल पहिलो हाफमा एक गोलले पछि परेको थियो । तर दोस्रो हाफको खेलमा ब्राजिलले खेललाई पुनरागमन गर्दै जित हासिल गरेको हो । जापानका काइसु सानोले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलिलाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि खेलको  ५६आँ मिनेटमा ब्राजिलका कासेमिरोले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।  

    खेलको दोस्रो हाफको अतिरिक्त समयमा (अन्तिम समयमा) गाब्रीएल माटीनेलीले निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend