विश्वकप फुटबलः एम्बाप्पे चम्किँदा फ्रान्स स्विडेनलाई हराउँदै अन्तिम १६ मा

विश्वकप फुटबलः एम्बाप्पे चम्किँदा फ्रान्स स्विडेनलाई हराउँदै अन्तिम १६ मा

images
बुधवार, आषाढ १७ २०८३
  • 310440-01-02 (1).jpg

    काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार बिहान अमेरिकाको न्युयोर्क–न्युजर्सीस्थित रंगशालामा भएको अन्तिम–३२ को खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।

    फ्रान्सको प्रभावशाली जितमा कप्तान किलियन एम्बाप्पे नायक बने। उनले दुई गोल गर्दा ब्राडली बारकोलाले एक गोल थपे।

    खेलको ४५औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए। त्यसपछि ५३औँ मिनेटमा बारकोलाले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। ७४औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको जित ३–० ले सुनिश्चित गरे।

    खेलभर फ्रान्सले बलमा राम्रो नियन्त्रण राख्दै आक्रामक खेल प्रदर्शन गरेको थियो। स्विडेनले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन।

    310684-01-02 (1).jpg

    यस खेलमा दुई गोल गरेसँगै एम्बाप्पेले फिफा विश्वकप २०२६ मा आफ्नो कुल गोल संख्या ६ पुर्‍याएका छन्। यससँगै उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसँग बराबरी गरेका छन्। दुवै खेलाडीको समान ६–६ गोल रहेको छ।

    यो जितसँगै फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको छ। अब फ्रान्सले क्वार्टरफाइनल प्रवेशका लागि पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

    यसअघि सम्पन्न अर्को अन्तिम–३२ को खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको थियो।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend