प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन

images
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौँ। संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

    सिंहदरबारस्थित समितिको आजको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तहरूमा गुरु वाग्ले र डा राजीव सुब्बाको नाम सर्वसम्मत अनुमोदन गरेको गरेको हो। 

    संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि उनीहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend