काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६ दशमलव २९ अंकले घटेर दुई हजार ६७२ दशमलव ५८ मा पुगेको छ ।
बिहिबार विभिन्न कम्पनीका ७५ लाख ४८ हजार ५९१ कित्ता सेयर रु तीन अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ मूल्यमा खरिद बिक्री भएको छ ।
आज एभरेष्ट कलर लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी, सुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यस्तैगरी कालिञ्चोक हाइड्रोपावर कम्पनी, कर्पाेरेट डेभलपमेन्ट बैंक र सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
.jpg)
