सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु

सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु

images
बिहिवार, श्रावण १४ २०८३
  • जनकपुरधाम । सिरहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ । 

    पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएको हाे ।  घटनापछि प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् । 

    गोली लागेर अर्का एक जना घाइते भएका छन् । थप उपचारका लागि ती युवकलाई धरान लगिएको छ।

    सिरहामा दुई पक्षबीच हिंसात्मक झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। तर कर्फ्यूका बावजुद प्रदर्शनकारीहरूले आगजनी र तोडफोड जारी राखेपछि स्थिति थप तनावग्रस्त बनेको थियो।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend