काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ । क्यानले रोहित पौडेललाई हटाउँदै सन्दीपलाई एकदिवसीयको कप्तान बनाएको घोषणा गरेको हो ।
टोलीमा कप्तान लामिछानेसहित आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, सेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा रहेका छन्।
सन्दीप सन् २०२२ पछि पुनः नेपाली टोलीको कप्तानका रूपमा फर्किएका हुन् । उनीमाथि एक किशोरीले बलात्कारको आरोप लगाएपछि क्यानले कप्तानबाट हटाएको थियो ।
.jpg)
