काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
विशेष अदालतका न्यायाधीधहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बयानपछि धरौटी माग गरेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित विभिन्न व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामा थुनछेक आदेशका लागि कार्की सोमबार विशेष अदालतमा उपस्थित भएका थिए।
.jpg)
