सुनसरी र सिरहा घटनामा मृत्यु भएकालाई सहिद घोषणा, यस्ता छन् मन्त्रिपरिषद्का ५ प्रमुख निर्णय

सुनसरी र सिरहा घटनामा मृत्यु भएकालाई सहिद घोषणा, यस्ता छन् मन्त्रिपरिषद्का ५ प्रमुख निर्णय

images
मंगलवार, श्रावण २६ २०८३
  • काठमाडाैं । सरकारले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

    मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिरहाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

    बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै, पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

    यस्ता छन् मन्त्रिपरिषद्का निर्णय :

    १. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युत्‌बाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने ।

    २. सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चारजना (सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादव) लाई सहिद घोषणा गर्ने ।

    ३. पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने ।

    ४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मलकुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने ।

    ५. पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend