कोपमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निम्तो

कोपमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निम्तो

images
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ ।

    बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको जानकारी दिए । 

    ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ,’ ढकालले भने, ‘टर्कीएका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो ।’

    सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा सम्मेलन हुँदै छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend