सहज रूपमा ग्यासको व्यवस्था मिलाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

सहज रूपमा ग्यासको व्यवस्था मिलाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

images
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौँ। खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजताका कारण उपभोक्ता मारमा परेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण गराएका छन् । 

    राष्ट्रिय सभाको बुधबारकाे बैठकमा अध्यक्ष दाहालले ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्दै ‍उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

    “आज सभाको शून्य तथा विशेष समयमा माननीयहरूले पनि ग्यास आपूर्तिमा असहजता तथा महँगीका कारण भएको समस्याका विषयमा आवाज उठाउनुभयो,” उनले भने, “त्यसर्थ सहज रूपमा ग्यास आपूर्ति तथा बिक्री वितरण गर्न आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend