काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट उत्पन्न विपत्तिबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्। बैठकमा रास्वपा सभापति रवि लामिछानेसहित पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति गगन थापा, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत अन्य दलका नेताहरु पनि सहभागी छन् ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राजनीतिक दलहरूबीच सहकार्य गर्ने उद्देश्यले बैठक बोलाइएको हो।
बैठकमा विपत्तिको अवस्था, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने उपाय र आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल हुने बताइएको छ।
.jpg)
