रसुवा बाढी : मृतकको संख्या ७३४ पुग्यो

रसुवा बाढी : मृतकको संख्या ७३४ पुग्यो

images
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला परेको छ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट अहिलेसम्म ७३४ जनाको शव फेला परेको हो।

    प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा २५९ जनाको फेला परेको छ। त्यसपछि नवलपरासी पूर्वमा १८४, गोरखामा ५८, धादिङमा ५०, नुवाकोटमा ५२, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।

    बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण ठूलो जनधनको क्षति भएपछि सुरक्षाकर्मी तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन्।

    प्राधिकरणका अनुसार विपद् प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ।

    बाढीले भोटेकोशी तथा आसपासका क्षेत्रमा सडक, पुल, जलविद्युत् आयोजना, घर तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शवको पहिचान तथा उद्धार कार्य अझै जारी रहेको प्राधिकरणले जनाएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend