त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक जनाको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक जनाको जीवितै उद्धार

images
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ ।

    सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारमा खटिएको टोलीले एक जनालाई जीवितै बाहिर निकालेको हो ।

    यसअघि शुक्रबार बिहान सुरुङभित्र खोजी गर्ने क्रममा मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको थियो । खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेले नेपाली सेनालाई उद्धृत गर्दै सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएका थिए ।

    आवाज सुनिएको संकेतपछि उद्धार टोलीले सुरुङभित्र खोजी तीव्र पारेको थियो । त्यसक्रममा एक जनालाई जीवितै फेला पारेर उद्धार गरिएको हो ।

    भोटेकोशीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ सहितका जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ भने आयोजनाका सुरुङ तथा अन्य संरचनामा काम गरिरहेका धेरै कामदार सम्पर्कविहीन छन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend