त्रिशूली–३ ‘ए’को सुरुङबाट थप एक जनाको जीवितै उद्धार

त्रिशूली–३ ‘ए’को सुरुङबाट थप एक जनाको जीवितै उद्धार

images
शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ ।

    खोजी तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेका अनुसार, उद्धार गरिएका थप एक जनासहित सुरुङबाट जीवितै बाहिर निकालिएकाको संख्या दुई पुगेको छ ।

    बाढीपछि सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालित छ ।

    शुक्रबार बिहान उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको थियो । त्यसपछि उद्धार टोलीले खोजीलाई तीव्र बनाएको थियो ।

    यसअघि खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेले नेपाली सेनालाई उद्धृत गर्दै सुरुङभित्र मानिसको आवाज सुनिएको जानकारी दिएका थिए ।

    सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend