रसुवा बाढी : १३४४ जनाको शव फेला, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी : १३४४ जनाको शव फेला, ४८९८ जना सम्पर्कविहीन

images
शनिवार, भाद्र २० २०८३
  • काठमाडौं । भोटेकोशी/त्रिशूलीमा गत भदौं १० मा आएको बाढीमा परी अहिलेसम्म १३४४ जनाको मृत्यु भएको छ।

    शनिबार बिहान ५ बजेसम्मको विवरण अनुसार १ हजार ३४४ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरूष छन्। ५०१ जनाको आंशिक शव मात्रै भेटिएको प्रहरीले जनाएका छन्।

    बिहानसम्म ४ हजार ८९८ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ८ हजार ६३१ जनाको अहिलेसम्म उद्धार भएको छ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend