काठमाडौं । नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि जापानस्थित CODO International College ले तीन दिनमै ९ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन गरेको छ।
जापानको फुकुओका–तोरुसुस्थित कलेज तथा CVG Group को पहलमा बाढीपीडित नेपालीका लागि ९ लाख १ हजार ६५ रुपैयाँ सहयोग संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
मातृभूमिमा आएको विपत्तिमा सहयोग पुर्याउने उद्देश्यले छोटो अवधिमा गरिएको उक्त सहयोग संकलनमा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूको सहभागिता रहेको कलेजले जनाएको छ।
सहयोग अभियानमा कलेजका प्रिन्सिपल Yamamoto को नेतृत्व तथा सहकार्य रहेको थियो। त्यस्तै, नेपाली विद्यार्थी कुशल डोटेल लगायत नेपाली विद्यार्थीहरूले समेत सहयोग संकलनमा सक्रिय भूमिका खेलेका थिए।
नेपालमा विपद्का कारण नागरिक प्रभावित भइरहेका बेला सात समुद्रपारि रहेर पनि नेपालीको दुःखमा साथ दिँदै उल्लेख्य रकम संकलन गरेको भन्दै कलेज परिवार तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरिएको छ।
कलेजले विपद्को कठिन समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसँगै मानवीय संवेदनाको उदाहरण भएको जनाएको छ।
CODO International College, CVG Group, प्रिन्सिपल Yamamoto, कुशल डोटेललगायत सहयोग अभियानमा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा शुभेच्छुकलाई कलेजले आभार व्यक्त गरेको छ।
.jpg)
