दसैँको मुख्य टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

दसैँको मुख्य टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

images
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । यस वर्षको विजया दशमीको मुख्य टीकाको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

    समितिका अनुसार त्यस दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजे मान्यजनबाट टीका र प्रसाद ग्रहण गर्न सकिनेछ। टीका लगाउँदा पश्चिम मोहडा गरेर बस्नुपर्नेछ। दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि उक्त समय निर्धारण गरिएको समितिले जनाएको छ।

    यस वर्ष असोज २५ गते बिहान ११ः४७ बजे घटस्थापनाको साइत रहेको छ। असोज २६ गते बिहान १०ः०७ बजे झण्डा फेर्ने साइत छ। असोज ३१ गते फूलपाती, कात्तिक १ गते महाअष्टमी र कात्तिक ३ गते महानवमी परेको छ।

    कात्तिक ४ गते विजयादशमीका दिन देवी विसर्जनपछि टीका लगाउने मुख्य साइत १०ः२६ बजे रहेको समितिले जनाएको छ। सोही दिन तुलजा भवानी यात्रा र खड्गयात्रा पनि हुनेछ।

    कात्तिक ८ गते कोजाग्रत व्रत तथा पूर्णिमा व्रत परेको छ। सोही दिन बेलुकी महालक्ष्मीको पूजा गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुनेछ। कात्तिक ९ गते कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ।

    दसैँ नेपालीको प्रमुख राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। यस अवसरमा देश–विदेशमा रहेका नेपालीहरू मान्यजनबाट टीका, आशीर्वाद ग्रहण गर्न घर फर्कने गर्छन्।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend