ड्राइभिङ लाइसेन्सको काम पनि राष्ट्रिय परिचयपत्रले गर्ने

ड्राइभिङ लाइसेन्सको काम पनि राष्ट्रिय परिचयपत्रले गर्ने

images
मंगलवार, जेठ २९ २०८१
  • राष्ट्रिय परिचयपत्र भएका व्यक्तिले साउनदेखि सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बोक्नु नपर्ने भएको छ । सबै सरकारी परिचयपत्रको काम राष्ट्रिय परिचयपत्रमार्फत प्रदान गर्ने सरकारी योजना अनुसार सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । 

    विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग प्राविधिक सहकार्य गरी सवारी लाइसेन्समा भएका विवरण राष्ट्रिय परिचयपत्रमा एकीकृत गर्ने काम भइरहेको जानकारी दिए ।

    सवारी चालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने काम केही दिनमै सम्पन्न हुने बताउँदै उनले १ साउनदेखि  चालकले आफ्नो सवारी लाइसेन्स नबोकेर राष्ट्रिय परिचयपत्र बोके पुग्ने बताए ।

    यो व्यवस्था लागु भएपछि राष्ट्रिय परिचयपत्रको पछाडिपट्टि रहेको क्यूआर कोड स्क्यान गरी ट्राफिक प्रहरीले सवारी चालकको सबै विवरण हेर्न सक्ने बताइएको छ ।

    यो कार्यबाट राज्यको खर्च समेत कटौती हुने महानिर्देशक रिजालको भनाइ छ । उनका अनुसार अहिले दैनिक २५ सयदेखि तीन हजारको सख्यामा लाइसेन्स छपाइको काम भइरहेको छ । तर ड्राइभिङ लाइसेन्सको पर्खाइमा २० लाखभन्दा बढी सेवाग्राही छन् । राष्ट्रिय परिचयपत्रमै व्यक्तिको सवारी विवरण एकीकृत भएपछि लाइसेन्स छपाइ गरिरहनु नपर्ने निष्कर्षमा विभाग पुगेको उनले सुनाए । 

    Republished for text from: https://techpana.com/2024/146825/driving-license-services-to-be-integrated-with-national-id

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend