समयको विकासक्रमसँगै प्राविधिक सामग्रीहरुको प्रयोग उत्तिकै बढ्न थालेको छ । अहिले सबैको हात हातमा मोबाइल फोन र धेरैको साथमा ल्यापटप अथवा कम्प्युटर हुन्छ । घरमा काम गर्दा होस् अथवा कार्यलयमा काम गर्दा यस्तै प्रविधिहरुको प्रयोगले हाम्रो दैनिकी सहज बनाएको छ ।
तर प्रविधि सँगै एकैनासको हुँदैन । समयसँगै त्यसले काम गर्ने क्षमता पनि ह्रास हुँदै आउँछ । कहिलेकाहीँ काम गर्दै गर्दा तपाईको कम्प्यूटर अथवा ल्पापटक ह्याङ्ग हुन्छ । यसरी ल्यापटप वा कम्प्युटर ह्याङ्ग हुनुमा त्यसमा भएको हार्डवयेर तथा सफ्टवेरको क्षमताले गर्दा हुन्छ ।
यसरी ल्यापटपले प्रम्ट (प्रविधिलाई अह्राउने काम) गरे अनुसार काम गरेन भने, के गर्ने त ? चिन्ता नलिनुहोस् ! हामिले लिएर आएका छाै ल्यापटप फास्ट बनाउने ६ टिप्स :
१.एन्टी भाइरस प्रयोग नगर्ने:
तपाईले ल्यापटप फास्ट हुन्छ भनेर पैसा तिरेर इन्स्टल(install) गरेको एन्टि वाइरसलाई अनइन्स्टल(uninstall) गर्नुहोस अथार्त हटाउनु होस् ।किनकि एन्टि वाइरसले तपाइको कम्प्युटर फास्ट बनाउदैन , त्यो भ्रम मात्र हो। झन् एन्टी भाइरस ले त प्रोसेसर मा लोड पारेर ह्याङ बनाउँछ । भाइरस देखि सुरक्षा नै चाइएको हो भने त विन्डोज को आफ्नै डिफेन्डिङ सिस्टम ‘ विन्डोज सेक्युरिटी’ छदै छ।त्यसैले ल्यापटप फास्ट बनाउनलाई भनी कुनै त्यस्ता भार दिने सफ्टवेयर अथवा एप्लिकसनहरू प्रयोग नगर्नु होला।
२. स्टार्ट अप एप्स बन्द गर्ने
हामीले ल्यापटप अन गर्ने बित्तिकै विभिन्न एप्लिकेशन अथवा सफ्टवेयरहरु ब्याकग्राउण्डमा चली रहेका हुन्छन् जसले गर्दा ल्यापटप मा लोड बढी पर्छ अनि ढिला चल्ने ,ह्याङ हुने , अड्किने इत्यादि समस्या हरु देखिन थाल्छन्। यो समस्या को समाधान का लागी तपाईले सबै स्टार्ट अप एप्सहरु बन्द गर्नु पर्ने हुन्छ।
स्टार्ट अप एप्स बन्द गर्ने प्रक्रिया:
- विन्डोज सर्च मा गएर अथवा विन्डोज बटन थिचेर ‘Startup apps’ भनी सर्च गर्ने र त्यसलाई खोल्ने
- त्यहाँ आफै खुल्ने सबै एप्सहरुको लिस्ट आउँछ जसमध्ये उच्च प्रभाव भएका एप्स हरुलाई बन्द गर्ने। उच्च प्रभाव भएको एप्स मा ‘high impact’ भनेर लेखिएको हुन्छ।
यति गरिसके पछि तपाईको ल्यापटपमा लोड काम हुन जान त ल्यापटप अल्ली राम्ररी चल्न थाल्छ।
३.SSD प्रयोग गर्ने
धेरै जस्तो पुराना ल्यापटपहरुमा हार्ड डिस्क ड्राइव (HDD) प्रयोग गरिएको हुन्छ जस्लाई अहिलेका आधुनिक अपरेटिङ्ग सिस्टम (OS) धान्न गाह्रो पर्छ। त्यसैले हार्ड ड्राइव को सट्टामा सोलिड स्टेट ड्राइव (SSD) को प्रयोग गरी ल्यापटपलाई छिटै खुल्ने बनाउन सकिन्छ।SSD ले अपरेटिङ सिस्टम लगायत सबै लोड गर्न धेरै छिटो हुन्छ। हार्ड ड्राइव को तुलनामा सोलिड ड्राइवले अपरेटिङ सिस्टम लाई दस गुणा सम्म छिटो बनाउँछ।
४.सोलिड स्टेट ड्राइव कसरी हाल्ने?
सोलिड ड्राइव हाल्ने पनि दुई तरिका छन्। पहिलो जुनसुकै ल्यापटप मा पनि त्यहाँ भएको हार्ड ड्राइव निकालेर नयाँ सोलिड ड्राइव हाल्ने। अर्को, यदि ल्यापटपमा सिडी ड्राइव(CD) छ भने त्यो सिडी ड्राइव को स्थानमा क्याडी (caddy) प्रयोग गरी एसएसडी लगाउन सकिन्छ।
५.RAM अपग्रेड गर्ने
कतिपय प्रोग्राम रन गर्न प्रोसेसर सक्षम भए पनि RAM को कमीले सिस्टम ह्याङ हुन सक्छ। यदि तपाईंको ल्यापटपमा 4 GB वा थोरै RAM छ भने त्यसमा थपेर 8 GB बनाउनु होस् किनकि माइक्रोसफ्टको विन्डोज ले कम्तीमा पनि 8 GB RAM रेकमेण्ड गरेको छ।
६.लाइट अपरेटिङ सिस्टम (OS) प्रयोग गर्ने
माइक्रोसफ्टको लेटेस्ट विन्डोज अपरेटिङ सिस्टम धेरै पुराना ल्यापटपहरुका लागि धेरै नै हेभी हुने भएकाले पनि राम्ररी काम गर्न सक्दैन। त्यसका लागि हामीले कुनै लाईट अपरेटिङ सिस्टमको प्रयोग गर्न सक्छौ। यसको लागि पहिलो विकल्प हो माइक्रसॉफ्ट कै विन्डोज 11 को हलुका भर्सन हो टाइनी 11 ( Tiny 11) । यो हुभहु विन्डोज 11 जस्तै छ तर हलुका बनाउनका लागि विन्डोज 11 भन्दा केही विशेषता हटाइएको छ। अर्को विकल्प हो क्रोम ओएस फ्लेक्स (CHROME OS FLEX). क्रोम ओएस गुगल द्वारा निर्मित अपरेटिङ सिस्टम हो जो निकै लाइट छ । दुवै विकल्पहरु फ्री नै छन् । क्रोम ओएस वेब मा आधारित (web based operating system) भएकाले जति सुकै पुरानो ल्यापटप ले पनि मज्जाले चलाउन सक्छ ।
यो सबै विधि अपनाए पश्चात तपाईंको ल्यापटपले राम्ररी काम गर्ने छ।
.jpg)
