सामान्यतया हामीलाई मासुका सीमित परिकार मात्रै बनाउन आउँछ। केही नयाँ परिकार बनाउने धूनमा हामीले आफ्नै सुरमा रेसिपी बनायौं भने परिकार नै बिग्रिन सक्छ।
त्यसैले आज हामी कुखुराको मासु मन पराउनेहरूका लागि चिकेन क्रिस्पी बनाउने तरिका सिकाउँदैछौं
यसका लागि निम्न सामग्री चाहिन्छः
४ चम्चा तेल
४ चम्चा पिठो
२० मिली दूध
१ सय १५ ग्राम पाकेको चिकेन
५५ ग्राम ह्वाइट ब्रेड (सेतो पाउरोटी)
हरियो धनियाँ (काटेको)
नुन (स्वाद र आवश्यकता अनुसार)
मरिचको धूलो (आवश्यकता अनुसार)
एउटा अन्डा
बनाउने तरिकाः
प्यानमा तेल राखेर मन्द आगोमा तताउने। तातेपछि यसमा केही मात्रामा पिठो राख्ने र राम्रोसँग चलाउने।
एक मिनेटसम्म पकाउने र प्यान निकालेर दूध मिसाएर राम्रोसँग चलाउने।
उक्त मिश्रणलाई राम्रोसँग चलाउँदै मन्द आगोमा फेरि पकाउने। अनि निकालेर त्यसमा चिकेन राखेर राम्रोसँग मोल्नुपर्छ।
यसपछि नुन, धनियाँ र मरिचको धूलो राख्ने। अब यसलाई चिसो हुँदासम्म यसै छाडिदिने।
चिकेन क्रिस्पी सेलाउन्जेल एउटा भाँडामा अन्डा फुटाएर राख्नुहोस्। फुटाएको अन्डा राम्रोसँग फिट्नुहोस्।
अब ह्वाइट ब्रेड अन्डामा राख्नुहोस् र सबैतिर अन्डा लाग्नेगरी चोब्नुहोस्। अनि प्यानमा तेल राखेर यसलाई पकाउनुहोस्। यसलाई ५ देखि १० मिनेटसम्म पकाउनुपर्छ।
यसरी तयार भएको ब्रेडलाई चिकेन क्रिस्पीसँग मिसाएर खाँदा स्वादिष्ट हुन्छ।
Republished for test from: https://www.setopati.com/kinmel/household/220149
.jpg)
