एक्स्टिम इनर्जी ड्रिंक : उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकता

एक्स्टिम इनर्जी ड्रिंक : उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकता

images
सोमवार, आषाढ १ २०८३
  • एग्रो थाई फुड्स प्रालिद्वारा नेपालमै उत्पादन गरिएको एक्स्टिम इनर्जी ड्रिंक नेपाली उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ । कच्चा पदार्थको छनोटदेखि उत्पादन, प्याकेजिङ र वितरणसम्मका चरणमा गुणस्तरताको सुनिश्चितताले यो व्रान्ड गौरवपूर्ण वर्तमानसहित इनर्जी क्षेत्रको उल्लेख्य नाम बन्न सफल भएको छ । गुणस्तरीय खाद्य तथा पेय पदार्थको उपयोगले एक्स्टिमको इनर्जी सबैभन्दा धेरै नेपालीको रोजाईमा पर्न सफल छ ।

    उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर एग्रो थाईले इक्स्टिम इनर्जी ड्रिंक उत्पादन गरिरहेको छ । उत्पादन प्रक्रियामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका गुणस्तर प्रणाली इक्स्टिमले अपनाएको छ । थाइल्याण्डको खाद्य तथा औषधी प्रशासन (FDA) ले पेय पदार्थमा ‘क्याफिन’को मात्रा कति सम्म राख्न सकिन्छ भनी दिएको अनुमतीलाई नेपालमा पनि एक्स्टिमले अनुशरण गरेको छ । अर्थात, ‘कफी’ भन्दा ‘क्याफिन’को मात्रा कम राखिएको छ । उपभोक्ताको आवश्यकतालाई पुरा गर्न क्याफिन, चिनी, टाउरिन, भिटामिन बि लगायतका तत्वहरू एक्स्टिम इनर्जी ड्रिंकमा समावेश गरिएको र ती तत्वहरुको मात्रा प्रयोगमा स्वास्थ्य मापदण्ड अवलम्बन गरिएको कम्पनीको भनाई छ ।

    अर्थात, तुलनात्मक रुपमा १५० मिलिलिटरको एक कप कफीमा ८० देखि सय मिलिग्रामसम्म मात्र क्याफिन प्रयोग भएको छ । मानिसहरुको ब्यस्त दैनिकी, अध्याधिक थकानपूर्ण जीवन, तनावका बीचमा ‘रिफ्रेसमेन्ट’ गराउने र उर्जा भराउनका लागि पेय पदार्थमा टाउरिनको प्रयोग गरिएको छ । तर त्यसरी प्रयोग गरिने टाउरिनको मात्रा कति भन्नेमा पनि उत्पादन कम्पनीले विशेष ध्यान दिएको देखिन्छ । यसले पनि कम्पनीले बजारमा एक्स्टिम इनर्जी ड्रिंक विक्रिका लागि पठाईरहँदा पहिलो प्राथमिकता उपभोक्ताको स्वाथ्यलाई दिएको देखिन्छ ।

    ‘हामीले हाम्रो उत्पादनलाई मात्र बजारको विक्रिमा मात्र फोकस गरेका छैनौं, उत्तिकै हाम्रा उपभोक्ताको स्वास्थ्यलाई पनि ख्याल गरेका छौं । सोहीकारण पेय पदार्थमा प्रयोग भएका तत्वहरु अन्तराष्टिय मापदण्डलाई फलो गरेर गरेका छौं,’ एक्स्टिम इनर्जी ड्रिंकका सञ्चालक भन्छन्, ‘अहिले नेपाली युवाको हट–स्पट इक्स्टिम इनर्जी बन्न थालेको छ। अहिलेको गतिमा हामी सन्तुष्ट र सकारात्मक छौं।’

    0af17a2f-3fa2-4d39-be66-5dfa203b5e7d.jpg

    एक्स्टिम इनर्जीमा समावेश हुने भिटामिन B3, B6 र B12 पानीमा सहज घुल्नछन् । भिटामीन शरीरमा बढी भएमा पानीको मात्राका रुपमा यी सहज बाहिर निस्कन्छन् । त्यस्तै, विभिन्न स्वाद र आवश्यकता अनुसार चिनीको मात्रा पनि फरक–फरक राखिएको पाइन्छ । त्यस्तै, चिनीरहित (Sugar-Free) विकल्पहरू पनि एक्स्टिमले बजारमा ल्याएको छ । यधपी, बिरामी,बालबालिका तथा गर्भवती महिलालाई भने इनर्जीवाला पेय सेवन नगर्न कम्पनी आफैंले ‘आग्रह’ पनि गर्ने गरेको छ ।

    प्रत्यक्ष/अप्रत्यक्ष रुपमा २० हजारभन्दा बढी मानिसले एक्स्टिम इनर्जी ड्रिंक कम्पनीमा रोजगारी पाएका छन् । सरकारलाई राजस्वमा उल्लेख्य योगदान मात्रै गरेको छैन, निर्यातमा पनि प्रचुर सम्भावना बोकेर एक्स्टिम इनर्जी ड्रिंक बजारमा आएको छ । किशोर अवस्थाका युवाहरु के चाहान्छन् ?उनीहरुको स्वभाव र मनोविज्ञानलाई बुझेर नै एक्स्टिम इनर्जी बजारमा आएको छ ।

    जिम सेन्टर, फिटनेस क्लब, खेलकुद गतिविधि तथा स्वास्थ्यप्रति सचेत युवाका बीचमा एक्स्टिम इनर्जी ड्रिंकप्रतिको आकर्षण विस्तार हुँदै जानु यसको अर्काे विशेषता हो । बजारमा खासगरी युवापुस्ता (१८ देखि ३८ वर्ष उमेर समूहका युवाहरु) ले यो ब्रान्डको ड्रिंक रुचाएका छन् । आजका युवाहरु आफुलाई निक्कै ब्यस्त बनाउन चाहान्छन् । जसकाकारण उनीहरु अध्याधिक थकानमा तनावमा रहेरै भएपनि काम गर्न खोजिरहेका हुन्छन् । यस्तो बेला शरीरमा इनर्जीको आवश्यकता हुन्छ । त्यही आवश्यकता पूर्ति गर्न इनर्जी ड्रिंकहरु बजारमा आएका छन् । जसमध्येको एक्स्टिम अहिलेको रोजाईको बलियो ब्रान्ड बनेको हो ।

    एक्स्टिमले आफूलाई ऊर्जा, उत्साह, एकाग्रता र सक्रिय जीवनशैलीसँग जोडेर बजारमा स्थापित गर्ने प्रयास गरिरहेकै बेला युवाहरुमा यसको माग बढेको छ । युवा पुस्ताको आजको जीवनशैली र रुचिलाई केन्द्रमा राखेर एक्स्टिमले बजारमा ब्रान्डिङ गरिरहेको छ । यसले झन् युवाहरुलाई आर्कर्षित गरेको छ । बजार प्रवर्धनमा नयाँ शैली एक्स्टिमले अलवम्बन गरेको छ । सहज उपलब्धता, आकर्षक प्याकेजिङ, बिज्ञापन, सामाजिक संजाल र प्रभावकारी बजार रणनीतिका कारण एक्स्ट्रिमले उपभोक्ताको विश्वास जितेको छ ।

    उपभोक्ता माझ सहज पहुँचलाई इक्स्टिमले प्राथमिकता दिएको छ । जसकाकारण देशव्यापी वितरण सञ्जाल विस्तार हुन पुगेको छ। शहरी क्षेत्रमा मात्रै होइन, ग्रामीण बजारमा पनि एक्स्टिम बान्डको पहुँच पुगेको छ । सन् १९६२ मा जापानमा त्यहाँको औषधि कम्पनी Taisho Pharmaceutical ले Lipovitan D नामक पेय बजारमा ल्याएको थियो ।

    नेपालमा भने २०७९ सालतिर यो इनर्जी डिंकको सुरुवात भएको देखिन्छ । उद्योग विभागमा दर्ता गरिएका ट्रेडमार्क विवरणका अनुसार, २०७९ सालतिर एक्स्टिमले दर्ता प्रक्रिया अघि बढाएको थियो । चार वर्षको अन्तरालमै अहिले यो ब्रान्ड नेपाली युवाको हट–स्पट बन्न पुगेको छ । नेपाली ब्रान्डहरू बलियो बन्दै जाँदा नेपालको आयात प्रतिस्थापनमा सहयोग पुग्ने छ । साथै, भविष्यमा निर्यातको सम्भावना पनि विस्तार हुने देखिन्छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend