दशैंपछिको पहिलो दिनमै ५८.५५ अंकले घटयो सेयर बजार

दशैंपछिको पहिलो दिनमै ५८.५५ अंकले घटयो सेयर बजार

images
नेपाल नजर
मंगलवार, आश्विन २१ २०८२
  • काठमाडौं । सेयर बजारमा मंगलबार उच्च गिरावट आएको छ । दशैंपछि खुलेको पहिलो दिनमै सेयर बजार नेप्से परिसूचक ५८.५५ अंक घटेको हो । यो (२.१९ प्रतिशत) घटेको हो । यो सगै सेयर बजार २६०४ अंकमा कायम भएको छ।  मंगलबार कुल ४ अर्ब ६२ करोडको कारोबार भयो ।

    १६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भएको छ । 

    बैकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशत घटेको छ ।

     

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend