जेनजी पुस्ताको आन्दोलन

बानेश्वरको संसद् भवनमा थुप्रियो काठमाडौंमा जलेका सवारी साधन, पत्रुको मूल्यमा लिलाम गर्ने तयारी

बानेश्वरको संसद् भवनमा थुप्रियो काठमाडौंमा जलेका सवारी साधन, पत्रुको मूल्यमा लिलाम गर्ने तयारी

चार पांग्रे र दुई पांग्रेसहित ९०३ सवारी साधन ‘डम्पिङ्’, अझै एक सय जति ल्याउन बाँकी

images
बिहिवार, कार्तिक ७ २०८२
  • काठमाडौं । गत भदौं २३ र २४ को जनेजी विद्रोहका क्रममा काठमाडौं उपत्यकामा मात्र करिव एक हजार बढी सरकारी सवारी साधन जलेको तथ्यांक छ । त्यसबाहेक अन्य ब्यक्ति⁄सस्थाका गरी करिव दुई सय आसपास सवारी साधन जलेको पारम्भिक तथ्यांक प्रहरीसँग छ ।

    सबैभन्दा बढी सिंहदरवारमा सवारी साधान जलेको छ । सिंहदरवारमा आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा जति सवारीसाधन नष्ट भएको तथ्यांकहरुले देखाएका छन् । सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रे सवारी साधन जलेर नष्ट भएका छन् । 
    त्यसपछि सर्वोच्च अदालतका ५१ वटा, सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ४७ वटा, अर्थ मन्त्रालयका ३६ वटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३५ वटा चारपांग्रे गाडी नष्ट भएका छन् ।


    यसैगरी शिक्षा मन्त्रालयका २६ वटा, गृह मन्त्रालयका २५ वटा, स्वास्थ्य मन्त्रालयका २२ वटा, युवा तथा खेलकुद मन्त्रालयका १९ वटा, संघीय संसद सचिवालयका १८ वटा, उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा, वन तथा वातावरण मन्त्रालयका १७ वटा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ९ वटा चारपांग्रे गाडी जलेका छन् ।


    दुई पांग्रे सवारी साधन पनि नगन्य मात्रमा जलेका थिए । ती सवै सवारी साधनलाई अहिले नयाँ बानेश्वरस्थित संसद भवन हाताभित्र ‘डम्पिङ्’ गरिएको छ । त्यहाँ अहिलेसम्म चारपांग्रे र दुई पांग्रेगरी ९०३ वटा सवारी साधन ‘डम्पिङ्’ भईसकेको सवारी विकास मन्त्रालयका एक जना अधिकृतले बताएका छन् । 
    अझै विभिन्न स्थानका गरी करिव एक सय जति सावारी साधन बानेश्वरको संसद भवन हाताभित्र ‘डम्पिङ्’का लागि लैजानै बाँकी छ । ती साधान पनि तिहार र छठ सकिएको तीन दिनभित्रै बानेश्वर हातामा ‘डम्पिङ्’ गर्न लगिसकिने ती अधिकृतले नेपालनजरलाई बताए ।

    त्यहाँ त्यसरी ‘डम्पिङ्’ गरिएका सवारी साधनलाई सरकारले अब पत्रुको भाउमा कवाडीलाई लिलाम विक्रि गर्ने तयारी गरेको छ । त्यसका लागि सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा असोज ५ गते पत्रु मूल्यमा बिक्री गर्ने निर्णय गरिसकेको छ । 


    मन्त्रीपरिषद्को बैठकबाटै सरकारले उक्त दिन त्यस्तो निर्णय लिएको हो । मन्त्रिपरिषद्को उक्त निर्णयमा गम्भीर क्षति भई पुनः प्रयोग हुन नसक्ने अवस्थामा पुगेका ‘सवारी तथा अन्य साधन’लाई ‘पत्रु सम्पत्ति तथा जिन्सी मालसामानको रूपमा न्यूनतम लिलाम बिक्री मूल्य कायम गरी बिक्री गर्ने’ भनिएको छ ।


    त्यसपछि अर्थ मन्त्रालयले यसको कार्यान्वयनको जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संयोजक गर्ने जिम्मा दिएको छ । सोही निर्णयका आधारमा अहिले बानेश्वर संसद् भवन हाताभित्र ‘डम्पिङ्’ गरिएको नष्ट भएका ती सवारी साधनलाई कवाडीमा लिलाम गर्ने तयारी हुने छ । 
    त्यसका लागि सरकारले थप एउटा नीतिगत निर्णय गर्नुपर्ने र त्यसका आधारमा लिलामी गर्ने तयारी छ । फलामको मूद्यय अहिले प्रतिकेजी ४५ रुपैयाँ रहेको छ । 


    सोही आधारमा लिलामी गर्ने गरी सरकारले तयारी गरेको बताईएको छ ।

    कहाँ कति जलेका थिए सवारी साधान ?

    GenZ-protest-Sarkari-Gadi-Data_11zon.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend