मनोरञ्जनमा ‘म्यारिज मोड’ : साम्राज्ञीको जन्मदिनमा सरप्राइज, सुनिताको मंसिर १३मा शुभ–घडी

मनोरञ्जनमा ‘म्यारिज मोड’ : साम्राज्ञीको जन्मदिनमा सरप्राइज, सुनिताको मंसिर १३मा शुभ–घडी

images
मंगलवार, मंसिर ३ २०८२
  • नेपाली मनोरञ्जन जगत यतिबेला ‘वेडिङ–भाइब्स’ ले भरिएको छ । धेरै समयदेखि विवाहको चर्चा चले पनि ‘लगन’ मा नबाँधिएका दुई चर्चित अनुहार - एक अभिनयकी साम्राज्ञी शाह, अर्की लोकगायनकी स्टार सुनिता दुलाल । दुवैले अन्ततः प्रेमलाई वैवाहिक डोरीले गाँस्न तयार भएका छन् । 

    एकातिर साम्राज्ञीले जन्मदिनमै ‘सरप्राइज इन्गेजमेन्ट’ सार्वजनिक गर्दै इन्स्टाग्राम जगत हल्लाइन्, अर्कोतिर सुनिताले चार वर्षदेखि साथ दिँदै आएका प्रेमीसँग १३ मंसिरमा लगनगाँठो कस्न लागेको खबरले लोक–संगीतका फ्यानहरू खुशी छन् ।

    sunita_dulal_11zon.jpg
    सुनिता दुलाल र राजेश केशी


    सुनिता दुलालले चार वर्षको प्रेमलाई अब १३ मंसिरमा विहे गरेरै गास्दैछिन् । २०७७ सालमा भाईको विवाह गर्दा उनको विवाहको खबर सञ्चारमाध्यमा छाएको थियो । त्यसबेला विहे भाईको हुँदैथियो, तर सञ्चारमाध्यममा उनको विवाहको समाचार छापिएको थियो । गत वर्ष २०८१ सालभित्रै आफ्नो विवाह हुने बताएकी सुनिताले ठ्याक्कै एक वर्षपछि अर्थात २०८२ मंसिर १३ मा विवाह गर्न लागेकी हुन् । उनको विवाह सानो जमघटका साथ हुन लागेको उनैले खुलाएकी छिन् । 

    आखिर सुनितासग विवाह वन्धनमा बाँधिन लागेका दुलाहा को ?

    Sunita-Dulal1_11zon.jpg


    त्यो नाम त्यति नयाँ होइन- राजेश केसी । चार वर्षदेखि सुनितासाग प्रेम सम्बन्धमा रहेका राजेश रुकुम पश्चिम स्थायी घर भएका र इन्जिनियरिङ अध्ययन गरेका निर्माण व्यवसायी हुन् । हाल उनी काठमाडौंमा बसोबास गदै आईरहेका छन् ।

    विवाह कहाँ हुन्छ ? त्यो चाहिँ सुनिताले रहस्य नै राखेकी छन् ।
    उनको भनाइ छ, ‘प्राइभेसी कायम गर्दै सानो जमघटमा विवाह गर्दैछौं ।’

    उता नायिका साम्राज्ञी शाहले जन्मदिनको दिन पारेर इन्गेजमेन्टको ‘सरप्राइज’ सार्वजनिक गरेकी छिन् । साम्राज्ञी शाहले आफ्नै जन्मदिनलाई ‘रियल–लाइफ ट्विस्ट’ बनाइन् । इन्स्टाग्राममा एकाएक इन्गेजमेन्ट फोटो राखिन् । औँलामा चम्किएको हीराको औँठी लगाएको फोटो राख्दै लेखिन्, क्याप्सनमा “S + B”

    samragyee_shah1-1_11zon.jpg
    साम्राज्ञी साह र विशाल खरेल

    आखिर उनले इन्गेजमेन्ट गरेकी ‘बी’ को हुन् ? साम्राज्ञीले तस्विर सार्वजनिक गर्ने वित्तिकै खोजी शुरु भयो । केही बेरमै खुल्यो,  मोडल तथा अभिनेता विशाल खरेल ।

    ‘प्रेम दिवस’ फिल्ममा अभिनय गरेका, पछिल्लो वर्ष थाइल्याण्डमो दुई म्युजिक भिडियो—‘हारेँ हारेँ’ र ‘मालती’ छायांकन गरिएका र यही कामको क्रममा साम्राज्ञीसँग नजिकिएको सम्बन्ध बनाएका विशाल साम्राज्ञीको हुनेवाला रहेको भेद खुल्यो । 

    इन्गेजमेन्ट पोस्टमा साम्राज्ञीको भावुक लेखाइले त झन् रोमाञ्च थप्यो, ‘मेरो भाषा बोल्न सक्ने शान्त आत्मा...
    तिम्रो आँखाबाट सुरु भएको जादू...
    कहिल्यै चिप्लिन नदिइकन मेरो हात समातेकोमा धन्यवाद ।’

    उनको यो गोप्य–रोमान्टिक इन्गेजमेन्टले अहिले पूरा मनोरञ्जन जगत रोमाञ्चित छ ।

    samragyee_shah7_11zon.jpg

    दुवै तारा एउटै मोडमाः ‘नयाँ सुरुवात’

    दुवै फरक–फरक यात्राबाट आएका हुन् सुनिता र साम्राज्ञी । एकले लोकसंगीत, अर्काले फिल्म ग्ल्यामर तताईरहेका छन् । तर दुवैको जीवन अहिले एउटै धागोले जोडिएको छ— प्रेम र विवाह ।

    सुनिता दुलाल र साम्राज्ञी शाह— दुवैले आफ्नो–आफ्नो शैलीमा, आफ्नो–आफ्नो प्रेमकथालाई अन्ततः “कन्डिफाइड“ गर्दैछन् ।

    samragyee_shah2_11zon.jpg

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend