काठमाडौँ । साताकाे दाेस्राे दिन लेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४.२८ अंकले घटेर २ हजार ६४५ दशमलव २४ को विन्दुमा कायम भएको हो ।
यसदिन ३२५ कम्पनीको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता शेयर ६० हजार ६२० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक शून्य दशमलव २६, वित्त शून्य दशमलव ९१, जलविद्युत् शून्य दशमलव २२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३० र लघुवित्त शून्य दशमलव ६१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
.jpg)
