काठमाडौँ । गत साता ओरालो लागेको सेयरबजारमा आइतबार (आज) हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आइतबार उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो ।
गत साता निरन्तर सेयर बजार ओरालो लागिरहेको थियो । तर यो साताको पहिलो दिन आज भने बजारमा सुधार आएको हो । आइतबार आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । विकास बैंक, लघुवित्त र अन्य समूहको उपसूचकमा दुई प्रतिशतभन्दा माथिको वृद्धि देखिएको छ ।
मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ९ दशमलव ४९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको रू २७ करोड ६० लाख ३५ हजार १९३ बराबरको पाँच लाख ५४ हजार ९२१ कित्ता शेयर किनबेच भएको छ ।
अहिले बजारमा सेयरका मूल्य घटबढ हुनुमा कम्पनीहरुले बोनस वितरण लगयतका काम गर्ने मौसम रहेकोले पनि हुनसक्ने बताइएको छ ।
.jpg)
