सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० पुग्यो

सुनको मूल्य प्रतितोला दुई लाख ७० हजार ६०० पुग्यो

images
आइतवार, पौष १३ २०८२
  • काठमाडौँ ।  सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । अहिलेसम्मकै महँगोमा आज सुनको कारोबार भएको छ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढीरहेको छ । आइतबार पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ । 

    आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ७० हजार ६०० र त्यति नै चाँदीको मूल्य रू चार हजार ८३५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो । 

    अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५३० र त्यति नै परिमाणको चाँदी ७८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend