चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने

images
आइतवार, पौष १३ २०८२
  • काठमाडौँ । चाँदी आयातका लागि पाइने विदेशी मुद्राको सटही सुविधामा नेपाल राष्ट्र बैंकले हेरफेर गरेको छ । राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत मासिक कोटा तोकिदिएको हो । उधोगले विगतको भन्दा तेब्बर मात्रामा मासिक कोटाको सुविधा पाउने गरी नयाँ सुविधा तय गरेको हो । 

    नेपाल राष्ट्र बैंकले आज एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातका लागि महिनामा उद्योगले २० लाख अमेरिकी डलर र अन्य व्यवसायीले चार लाख अमेरिकी डलर बराबर सटही सुविधा पाउने जनाएको हो ।

    यसअघि उद्योगले एकपटकमा पाँच लाख र अन्य व्यवसायीले एक लाख अमेरिकी डलर बराबरको चाँदी आयातका लागि मुद्रा सटही सुविधा पाउने गरेका थिए । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend