काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ अंकले बढेकाे छ । साेमबार २८ दशमलव ७३ ले बढेर नेप्से दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको हाे ।
आज ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ०५, विकास बैंक समूह दुई दशमलव ७० र होटल तथा पर्यटन समूह दुई दशमलव ५३ प्रतिशतले बढेको छ ।
.jpg)
