९ अंकले बढ्याे शेयर बजार, काराेबार रकम ७ अर्ब

९ अंकले बढ्याे शेयर बजार, काराेबार रकम ७ अर्ब

images
मंगलवार, पौष २२ २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ अंकले बढेकाे छ ।

    मंगलबार नेप्से नौ दशमलव ९३ ले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको हाे । 

    आज ३३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर ८८ हजार ३६२ पटक खरिदबिक्री हुँदा रु सात अर्ब १२ करोड ३३ लाख ६५ हजार २९६ बराबरको कारोबार भएको छ।

    यसदिन होटल तथा पर्यटन र उत्पादन र प्रशोधन समूहबाहेक सबै समूहको उपसूचक बढेको छ । वित्त समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव ८७ प्रतिशतले बढेको छ ।

    आज जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend