काठमाडौँ । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१ अंकले बढेकाे छ ।
आज नेप्से परिसूचक ३१ दशमलव १२ अंकले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।
आइतबार ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा रु आठ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ दशमलव ५९ को कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।
आज सबैभन्दा बढी वित्त समूहको उपसूचक पाँच दशमलव ७३ प्रतिशतले बढेको छ ।
.jpg)
