काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले आज पनि कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ३०० रुपैयाँले बढेर तीन लाख नौ हजार ३०० पुगेकाे हो । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबारमा सुनकाे माेल प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ८७० रुपैयाँ पुगेको छ महासंघले जनाएको छ । अघिल्लो दिन तोलाको ६ हजार ७६५ रुपैयाँ थियो ।
.jpg)
