काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट देखिएको छ ।
आज नेप्से परिसूचक १९ दशमलव ८५ अंकले घटेर दुई हजार ६९४ दशमलव २० को बिन्दुमा कायम भएको हो ।
आइतबार ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ दशमलव ४५ को कारोबार भएको नेप्सेले जनाएको छ ।
आज व्यापार समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
.jpg)
