काठमाडौं । श्री इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रा.लि.ले नेपालमा सर्वाधिक बिक्रि भईरहेको केवाइसी ब्रान्डको इलेक्ट्रिक सवारीसाधनको आधिकारिक बिक्रेता आफुमात्रै रहेको प्रष्ट पारेको छ । कम्पनीले एक वक्तब्य जारी गरेर २१ जुलाई २०२५ देखि (२०८२ साउन ५ देखि) केवाइसी ब्रान्डको इलेक्ट्रिक सवारीसाधनको आधिकारिक विक्रेता श्री इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रा.लि. मात्र रहेको जनाएको हो ।
आफुहरु बाहेक अन्य कुनै व्यक्ति, संस्था वा पक्षले केवाइसी ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री–वितरण, वारेन्टी, स्पेयर पार्ट्स वा After Sales सेवा प्रदान गर्ने अधिकार प्राप्त नगरेको कम्पनीले प्रष्ट पारेको छ ।
हाल अन्य केही तेस्रो पक्षहरूद्वारा आफ्नै स्वार्थबाट प्रेरित भई विभिन्न सञ्चार माध्यममार्फत भ्रामक समाचार तथा विज्ञापनहरू सम्प्रेषण गरी उपभोक्तालाई अन्योलमा पार्ने प्रयास भइरहेकोमा कम्पनीको गम्भिर ध्यानाकर्षण भएको भन्दै श्री इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रा.लि.ले त्यस्तो भ्रममा नपर्न आफनो ग्राहक, सरोकारवाला निकाय तथा आम नागरिकलाई आग्रह गरेको छ ।
केवाइसी ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री, वारेन्टी तथा सम्पूर्ण After Sales सेवा श्री इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रा.लि.मार्फत निरन्तर, सुरक्षित र निर्वाध रूपमा सञ्चालनमा रहेको पनि कम्पनीले जनाएको छ । साथै, यस विषयमा हालसम्म कुनै पनि अदालत वा सम्बन्धित सरकारी निकायबाट बिक्री–वितरण, वारेन्टी वा सेवामा रोक लगाउने कुनै आदेश जारी नभएको पनि कम्पनीले प्रष्ट पारेको छ ।
कम्पनीले ग्राहक महानुभावहरूलाई केवाइसी ब्रान्डका इलेक्ट्रिक सवारीसाधन खरिद गर्दा, वारेन्टी र बतभच क्बभिक सेवाको सुनिश्चितताका लागि केवल आधिकारिक सेवा केन्द्र तथा प्रतिनिधिमार्फत मात्रै कारोबार गर्न पनि आग्रह गरेको छ ।
.jpg)
