प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

images
मंगलवार, माघ २१ २०८२
  • काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन् । 

    माघ २० गते बैंकको बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई आजकै दिनदेखि लागु हुने गरी शर्मालाई आगामी चार वर्षका लागि सीईओ नियुक्त गरिएकाे हाे। 

    यसअघि माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो ।

    नवनियुक्त सीईओ शर्माले यसअघि माछापुच्छ्रे र तत्कालीन सनराइजलगायत बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर हासिल गरेका छन् भने नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए गरेका छन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend