एपोलो हाइड्रोपावरले पायो शेयर बिक्रीको अनुमति

एपोलो हाइड्रोपावरले पायो शेयर बिक्रीको अनुमति

images
बुधवार, माघ २२ २०८२
  • काठमाडौँ । एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडले शेयर बिक्रीको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावरलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । एपोलो हाइड्रोपावरले ओखलढुंगामा एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

    सो कम्पनीको शेयर बिक्री प्रबन्धमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

    बोर्डले चालु आवको हालसम्म कूल १५ कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । त्यसमा नौ वटा जलविद्युत् कम्पनी, चार वटा उत्पादन कम्पनी, होटल तथा पर्यटन, विकास बैंक भने एक-एक वटा रहेका छन् ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend