काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो ।
महासंघका अनुसार छापावाल सुन आज तोलामा नौ हजार पाँचसय रुपैयाँ घटेर दुई लाख ९५ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेकाे छ । यसैगरी आज एक तोला परिमाणको चाँदीको मूल्य रु चार हजार ९८० कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु पाँच हजार ६०० कायम भएको थियो ।
मंगलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र त्यति नै परिमाणको चाँदीको मोल रु पाँच हजार ३३५ कारोबार भएको थियो ।
.jpg)
