मंगलबार १० अंकले घट्यो नेप्से, काराेबार रकम साढे ८ अर्ब

मंगलबार १० अंकले घट्यो नेप्से, काराेबार रकम साढे ८ अर्ब

images
मंगलवार, माघ २८ २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २५ अंकले घटेर दुई हजार ६६२ दशमलव १४ को बिन्दुमा कायम भएको हो ।

    मंगलबार ३२४ कम्पनीको दुई करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    यसदिन कारोबारमा कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै छ दशमलव ३६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य पाँच दशमलव २४ प्रतिशतले घटेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend