लगातार चौथो दिन घट्यो सेयर बजार

लगातार चौथो दिन घट्यो सेयर बजार

images
बुधवार, माघ २९ २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झिनो अंकको गिरावट देखिएको छ । 

    बुधबार नेप्से परिसूचक शून्य दशमलव ०४ अंकले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।

    आज ३२९ कम्पनीको दुई करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ६७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा सुपर माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य छ दशमलव ३९ प्रतिशतले घटेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend