सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

images
मंगलवार, फाल्गुण ५ २०८२
  • काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा रु ९०० ले घटेर रु तीन लाख एक हजार ९०० पुगेकाे छ । 

    आज चाँदी भने रु २५ ले बढेको छ । महासङ्घका अनुसार मंगलबार चाँदीको मोल रु चार हजार ८८५ निर्धारण भएको छ । 

    हिजो सोमबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ । साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ९८५ मा खरिदबिक्री भएको थियो । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend