काठमाडौं । यामाहा नेपालले फेब्रुअरी १४ का दिन आफ्नो आधिकारिक राइडर समुदाय ‘ब्लु स्ट्रिक्स’का लागि विशेष जर्सिङपौवा राइड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यामाहा नक्साल शोरुमबाट सुरु भएको राइड रमणीय जर्सिङपौवातर्फ अघि बढेको थियो ।
उत्साही राइडरहरूले सुरक्षित, अनुशासित र सम्झनलायक यात्रा अनुभव गरेका थिए । कार्यक्रममा यामाहा एमटी–१५ र आर–१५ मोडेलका ३५ जना राइडरहरूको सहभागिता रहेको थियो, जसले नेपालमा विस्तार हुँदै गएको यामाहा राइडिङ समुदायको सक्रियता झल्काएको छ ।
उक्त राइड केवल यात्रा मात्र नभई सिकाइ, अनुभव आदान–प्रदान र मोटरसाइकल यात्राको भावनालाई मनाउने अवसरका रूपमा पनि रहेको कम्पनीले जनाएको छ ।
.jpg)
