काठमाडौं । एनसेल एआईटीएम कार्निभल आउँदो फागुन ९ गते सातदोबाटोमा आयोजना हुँदै छ । एआईटीएम कलेज, खुमलटार हाइट्समा उक्त कार्यक्रम हुने भएको हो । युवालक्षित यस विशेष कार्यक्रमलाई एक्सिट्रम ईनर्जी ड्रिङ्कले पावर्ड गरेको छ ।
कार्निभलमा चर्चित गायिका रचना दाहाल र लोकप्रिय ब्यान्ड स्वारको आकर्षक प्रस्तुति रहनेछ । उनीहरूको लाइभ कन्सर्टसँगै विभिन्न सांगीतिक कार्यक्रम, नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी दर्शकहरूका लागि विभिन्न रमाइला खेल, इन्टरएक्टिभ एक्टिभिटी तथा ग्यारेन्टी पुरस्कार को व्यवस्था गरिएको छ । जसले कार्निभललाई अझ उत्साहपूर्ण बनाउने विश्वास लिइएको छ ।
उक्त कार्यक्रमलाई ईसेवा, जेन्ट्स पार्क, औरा लगायतका विभिन्न ब्रान्डहरूले सहयोग गरेका छन् । विभिन्न ब्रान्ड स्टल, प्रमोशनल एक्टिभिटी तथा विशेष अफरहरू समेत कार्निभलको आकर्षण रहनेछ ।
युवालक्षित सांगीतिक तथा मनोरञ्जनात्मक माहोल सिर्जना गर्दै एटीएम कलेजले यस कार्निभलमार्फत विद्यार्थी तथा युवाहरूलाई एकै स्थानमा संगीत, उत्साह र अवसरको संगम प्रदान गर्ने उद्देश्य लिएको छ ।
.jpg)
