नेप्सेमा सामान्य सुधार, ५ अर्ब १३ करोडकाे काराेबार

नेप्सेमा सामान्य सुधार, ५ अर्ब १३ करोडकाे काराेबार

images
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज समान्य अंकको सुधार देखिएको छ । 

    साेमबार नेप्से परिसूचक दुई दशमलव ४१ अंकले बढेर दुई हजार ६१६ दशमलव ९७ को बिन्दुमा कायम भएको हाे ।

    आज ३२९ कम्पनीको एक करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ बराबरको कारोबार भएको छ ।

    बैंकिङ शून्य दशमलव २८, विकास बैंक शून्य दशमलव ९०, वित्त शून्य दशमलव ५६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०७ र अन्य समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । 

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend