नेशनल लाइफको ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

नेशनल लाइफको ३९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

images
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लि.ले आफ्नो ३९औँ वार्षिकोत्सव समारोह सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ ।

    कार्यक्रममा अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन मुख्य भूमिकाप्रति आभार व्यक्त गरिन् ।

    सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई शैक्षिक सामाग्री वितरणसहित बाल बालिकालाई खाना खवाएको थियो ।

    साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरूमा यस प्रकारका कार्यक्रमहरू आयोजना गरिएको बताए ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend