काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दाेहाेराे अंकले बढेकाे छ ।
आज नेप्से परिसूचक १० दशमलव ३० अंकले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको हाे ।
बुधबार ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भएको छ ।
यसदिनकाे कारोबारमा वित्त समूह शून्य दशमलव २८, म्युचुअल फन्ड शून्य दशमलव ०२ र व्यापार समूह शून्य दशमलव ०.८९ प्रतिशतले घटेको छ भने अन्य सबै समूहका उपसूचक बढेका छन् ।
.jpg)
