काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य ताेलामा रु ६०० ले बढेको हो । यस्तै चाँदी पनि आज रु १० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन १५ हजार ४०० र एक तोलाको चाँदीको रु पाँच हजार ७२५ कायम भएको छ । मंगलबार तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ७१५ निर्धारण भएको थियो ।
हिजो बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल रु पाँच हजार ५८५ निर्धारण भएको छ । गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० र एक तोला चाँदी रु पाँच हजार ५९५ मा किनबेच भएको थियो ।
.jpg)
