नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंकबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्झौता

images
सोमवार, फाल्गुण १८ २०८२
  • काठमाडौं । नागरिक लगानी कोष र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोषको व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 
    सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा ईन्द्रकुमार कट्टेलले हस्ताक्षर गरेका हुन् ।  
    सम्झौतापछि बैंकमा कार्यरत कर्मचारीको अवकाशसम्बन्धी उपदान एवम् अन्य रकमको व्यवस्था कोषले गर्ने भएको छ । हाल बैंकमा ३ सय जना कर्मचारी कार्यरत छन् । त्यस्तै, ८ जिल्लामा बैंकले प्रदेशस्तरीय कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

    Releted News

    © 2026 All right reserved to nepalnajar.com  | Site By : SobizTrend